आइसिसी विश्वकप लिग–२

बलिङ चल्दा नेदल्याण्डमाथि नेपालको जित

बलिङ चल्दा नेदल्याण्डमाथि नेपालको जित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत तीन देशबीचो सिरिजमा नेपालले नेदल्याण्डलाई १६ रनले पराजित गरेको छ । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा यो नेपालको चार खेलमा तेश्रो जित हो ।

नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो । नेपाललाई १० रन पेनाल्टी दिएपछि ब्याटिङ नै सुरु नगरी १० रन जोडेको नेदरल्यान्ड्सका लागि वेस्ली वारेसीले सबैभन्दा बढी ३६ रन जोडे ।

नेदरल्यान्ड्सले ब्याटिङ नै सुरु नगरी १० रन पाएको थियो । मध्यओभरमा बसिर अहमद निषेध गरिएको पीच क्षेत्रमा दौडिएको भन्दै नेपाललाई १० रन पेनाल्टी दिइएको हो ।

नेपालको जितमा डेब्यू खेलाडी नन्दन यादवले ३ विकेट लिन सफल भए । तीव्र गतिका बलर नन्दनले ९ ओभरमा १ मेडन राख्दा ३० रन मात्र खर्चिए ।

यस्तै स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिएका थिए भने  ललित राजवंशीले १० ओभरमा १ मेडन राख्दा २९ रन मात्र खर्चिएर २ विकेट लिन सफल भए । यस्तै कुशल भुर्तेल र करण केसीले १÷१ विकेट लिएका थिए ।

नेदरल्यान्ड्सको डन्डीमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २३६ रन जोडेको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे । आरिफले ८५ बलमा ७ चौका र २ छक्काको मद्दतमा ८४ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल १८ रन र अनिल साह २ रनमा आउट भए ।

बलिङमा नेदरल्यान्ड्स लागि पल भानले ४ विकेट लिन सफल भए । माइकल लेभिटले ३  विकेट हात पार्दा आर्यन दत्तले १ विकेट लिए । यस अघिको खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो ।