धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कञ्चनपुरमा प्रहरीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

कञ्चनपुरमा प्रहरीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

धनगढी । कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना,सोहि ठाउँ बस्ने कलीराम चौधरी, र दुम्ली चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।

जिल्लाको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज वीरबहादुर चन्दमाथी कुटपिट गर्ने तिनै जनालाइ इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले पक्राउ गरेको जनाएको छ। यस बिषयमा थप प्रकृया अगाडी बढाइने प्रहरीले जनाएको छ।
 


ट्रेन्डिङ