धनगढी पोष्ट आइतबार, ०१ असार २०८२   June 15, 2025

पत्रकार दिलभुषणविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभुषणविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले समाचार प्रकाशनको विषयलाई लिएर दिएको उजुरीको आधारमा अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानल ुटफ टक एक्सप्लेनरु मार्फत सामग्री प्रसारण गरेका थिए ।

सो सामाग्रीमा चित्त नबुझेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । प्रहरीले पक्राउ पुर्जी लिएलगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ ।