धनगढी पोष्ट
शुक्रबार, ३० जेठ २०८२ मा प्रकाशित
धनगढी । कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।
सर्पको टोकाइबाट गोदावरी नगरपालिका–९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो।
रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो।
उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।