कैलारी गाउँपालिकामा अनिश्तिचकालिन लकडाउन

कैलारी गाउँपालिकामा अनिश्तिचकालिन लकडाउन

धनगढी

 कैलालीको कैलालरी गाउँपालिकाले बिहीबार देखी लागु हुने गरी अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ ।

 बुधबार बसेको बैठकले बिहीबार बिहान देखी अनिश्चित कालका लागि लकडाउन गर्ने निर्णय गरेको जनाइएको छ । मंगलबार गाउापालिकाको स्वास्थ्य शाखामा कार्यरत ल्याव असिस्टेन्ट, क्वारेण्टाइनमा खाना पकाउने भान्से र विद्यालयका चौकिदार लगायत ७ जनामा कोरोना संक्रमण पुष्टी भएपछि कैलालरी गाउँपालिकाले बिहीबार देखी अनिश्चितकालिका लागि लकडाउन गर्ने निर्णय गरेको अध्यक्ष लाजुराम चौधरीले बताए ।

 उनले हाल देखापरेका संक्रमितको सम्पर्कमा आएका सवै व्यक्ति पत्तालगाई उनिहरुको पिसिआर रिपोर्ट नआउञ्जेल सम्मका लागि लकडाउन जारी रहने बताए । अहिले संक्रमितको सम्कर्पमा आएका व्यक्तिको खोजिकार्य गरी कन्टोक्ट ड्रेसिङ गर्ने कार्य भइरहेको छ अध्यक्ष चौधरीले भने–‘सवैलाई क्वारेण्टाइनमा राखेर उनिहरुको पिसीआर रिपोर्ट आएपछि मात्रै लकडाउन अन्त्यको घोषणा गर्ने छौं ।

 लकडाउन अवधीभर कैलाली गाउँपालिका भएर धनगढी तथा भजनी क्षत्रमा जाने सवारी बाहेक अन्य सवै क्षत्र बन्द हुने उनले बताए ।