सुदूरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी
पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ३२ जनामा कारोना संक्रमण पुष्टी  भएको छ । 
 सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ८६ स्वाव परिक्षणमा कैलालीका ९ महिला र १२ पुरुष, अछामका ४ महिला र तीन पुरुष, बझाङका २ महिला र १ पुरुष तथा कञ्चनपुरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । 
 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आज संक्रमण पुष्टी भएका हरुमा कैलालीमको लम्कीका ९ महिला र ८ पुरुष, गोदावरी नगरपालिका ४ का एक पुरुष,  भजनीका दुई पुरुष र टिकापुर नगरपालिका–५ का एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

 यसै गरी आजनै बझाङको जयपृथ्बी नगरपालिकाका एक महिला र एक पुरुष, खप्तड छान्न गाउँपालिकाकी दुई महिने बालिका, बान्नी गढी अछामका ४ महिला र दुई पुरुष र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सूचना अधिकारी श्रेष्ठले बताए ।