धनगढी पोष्ट बुधबार, ०४ असार २०८२   June 18, 2025

कैलाली कारागारमा पालीको मृत्यु

कैलाली कारागारमा पालीको मृत्यु

कैलाली जिल्ला कारागारमा कैद सजाय भोगिरहेका हरिशसिंह पालीको सोमबार कारागारमै मृत्यु भएको छ

डडेल्धुराका भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय पालीको परिवारले हरिशसिंहलाई यातना दिएर मारिएको आरोप लगाएका छन् । उनीहरुको शव बुझेका छैनन् । ्

कैलाली जिल्ला अदालतले बैंकिङ कसुरमा हरिसिंहलाई २० फागुनमा १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । प्रहरीले हरिसिंहलाई गत चैत ३१ गते डडेलधुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरेर कैलाली ल्याएको हो ।

 

मृतकका आफन्त जगदीश रावलले हरिसंहको शरीरभरि निलडाम छन्, टाउकोबाट रगत बगेको देखिएकोले हत्याको आशंका रहेको बताए । मृत्युको छानबीन नभएसम्म  शव नबुभ्mने उनले बताए ।

कारागारमा हरिशसिंह एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुरयाइएको र त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले बताए ।