धनगढी पोष्ट
बुधबार, ०४ असार २०८२ मा प्रकाशित
धनगढी । कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित खुटिया नदीमा पौडि खेल्ने क्रममा डुबेर स्थानीय अन्दाजी १० वर्षीय बालक कृष्ण प्रसाद जोशीको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडाबाट गटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।