धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

डडेल्धुरामा सर्पले डसेर किशोरको मृत्यु

डडेल्धुरामा सर्पले डसेर किशोरको मृत्यु

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ।

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार बिहीवार बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो।

तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो। उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन्।