धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

कैलालीमा सुत्केरी महिला मृत फेला

कैलालीमा सुत्केरी महिला मृत फेला

धनगढी । कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। 

घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुलेको बताए।

उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकोले अहिले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको जनाइएको छ।

उनका अनुसार मृतक नाथको १६ दिनको नवजात शिशु९छोरा० भने समान्य अवस्थामै भेटिएका छन।

मृत्यु कसरी भएको हो भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।