बाजुराको त्रिवेणी नगरपालिकाद्धारा मनोरोगी चेलीको उद्दार

बाजुराको त्रिवेणी नगरपालिकाद्धारा मनोरोगी चेलीको उद्दार

धनगढी

  बाजुराको त्रिवेणी नगरपालिकाले एक जना असाय मनोरोगी चेलीको उद्दार गरेको छ । त्रिवेणी नगरपालिका वडा नम्मर ८ बस्ने  बर्ष ५२ कि अम्बि गिरी नाम गरेकी  महिलालाई  नगरपालिका र स्थानीयको पहलमा उद्दार गरेको हो ।

   उद्दार गरेको महिलाको आवश्यक पालनपोषण र सुरक्षाको लागि धनगढीमा रहेको दृष्टि फाउन्डेशन नेपालको अल्पकालिन सुरक्षित घरमा राखेको छ ।

 त्रिवेणी नगरपालिकाकी उपप्रमुख राधिकादेवी सुनार धनगढी पुगी ती महिलालाई फाउन्डेसनमा जिम्मा लगाउनुका साथै नगरपालिकाको तर्फबाट दश हजार आर्थिक सहयोग गरेकी  छन् । उप प्रमुखका अनुसार ती महिला लामो समय देखि मानसिक सन्तुलन गुमेको, न बोल्न सक्ने, न सुन्न सक्ने, सडक र जंगलमा डुल्ने गरेकी थिईन । 

  फाउन्डेशनलाई नगरपालिका र व्यक्तिगत सहयोग गरी रहने उनले वताइन् । दृष्टि फाउन्डेशन नेपालको अल्पकालिन सुरक्षित घरकी सञ्चालिका कल्पना भट्टले फाउन्डेशन संग  त्रिवेणी नगरपालिका बाजुरा पनि जोडीएकोमा खुशी ब्यक्त  गरिन् ।