धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पिपल चौतारामा लागूऔषध सेवन गरी रहेको अवस्थामा घोडाघोडी नगरपालिका–१ बस्ने २५वर्षीय प्रदिप चौधरी, घोडाघोडी नगरपालिका–९ रतिपुर बस्ने १८ वर्षीय किशोर र भारत आसाम प्रदेश दामाजी जिल्ला जुनैला नहर्जुन बस्ने २२ वर्षीय राजेश मिलि पक्राउ परेका हुन्।

तीनै जनालाई २८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।


ट्रेन्डिङ