धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाकेमा समुदायस्तरमा गरिएको परिक्षणमा ८१ जनामा कोरोना संक्रमण

नेपालगन्ज

   बाँके जिल्लामा समुदाय स्तरमा गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका तीन हजार तीन सय ३८ जनामा रेन्डम सेम्पलिङ विधिबाट गरिएको कूल परीक्षण र कन्ट्याक्ट ट्रेसिङको परीक्षण गरी २ दशमलब ४३ प्रतिशत कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

   श्रेष्ठका अनुसार केही सातादेखि जोखिममा रहेको समुदायमा रेन्डम सेम्पलिङ विधिबाट दुई हजार दुई सय दुई जनामा परीक्षण गर्दा ३४ जना अर्थात १ दशमलब ५४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

   रेण्डम सेम्पलिङमा संक्रमित भेटिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर थप एक हजार एक सय ३६ जनाको परीक्षण गर्दा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जुन परीक्षणको २ दशमलब ४३ प्रतिशत रिपोर्ट पोजेटिभ हो ।

   जिल्लाका कूल चार सय ७० कोरोना संक्रमितसँग समुदाय स्तरबाट पुष्टि भएको संख्या विश्लेषण गर्दा भने १७।२३ प्रतिशत रिपोर्ट पोजेटिभ आएको छ ।

  रेन्डम सेम्पलिङ र कन्ट्याक्ट ट्रेसिङबाट पुष्टि भएका ८१ संक्रमित समुदाय स्तरका हुन् ।

  रेण्डम सेम्पलिङ र कन्ट्याक्ट ट्रेसिङमा कोरोना संक्रमण भेटिएका अधिकांशको कुनै ट्राभल हिस्ट्री देखिँदैन ।  संक्रमण पुष्टि हुनेमा जनप्रतिनिधि, डाक्टर, इन्जिनियर, निजामति कर्मचारी, व्यवसायी रहेका छन् ।

   बाकेमा समुदायस्तरमा कोरोनाको संक्रमण  देखएिपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।


ट्रेन्डिङ