धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिममा जैशी

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिममा जैशी

धनगढी । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नरेन्द्रप्रसाद जैशी विहीबार निर्विरोध निर्वाचित भएका छन् । 

प्रदेशको पहिलो अधिवेशनमा जैशी र मुकेश धामीको निर्वाचन समितिमा उम्मेदवारी परेको थियो । आपसी सहमतिमा अध्यक्षमा जैशी निर्वाचित भएका हुन् । अध्यक्ष जैशीको अध्यक्षतामा ७ सदस्यीय समिति निर्वाचित भएको हो ।

निर्वाचित पदाधिकारीलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यबाहक सभापति लोकराज अवस्थी र निर्वाचन समिति संयोजक गंगाराम पाध्यायले खादा र टीका लगाएर बधाई तथा सम्मान गरेका थिए । 

निर्वाचित घोषणा सभामा सुदूरपश्चिम प्रदेशका पाटी प्रवक्ता सुरत रावत ुडोटेली कान्छाु, प्रदेश सदस्यद्वय रामबहादुर देउवा, टेकराज जोशी ूडिकेू, पाटी महाधिवेशन प्रतिनिधि भीमबहादुर बलायर, नेपाल विद्यार्थी संघका नेता प्रकाश परियार, राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय सदस्यद्वय अनिल मल्ल, देवु टमट्टालगायतको उपस्थिति थियो ।