धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा तीन थान हतियारसहित तीन जना पक्राउ

कैलालीमा तीन थान हतियारसहित तीन जना पक्राउ

धनगढी । कैलाली प्रहरीले तीन थान हतियारसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी राजकुमार सिंहका अनुसार दुई थान पेस्तोल, एक थान हर्नेट बन्दुक सहित तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जिल्लाको भजनी नगरपालिका– ९ का ५० वर्षीय दिलिप कार्की, कार्कीको छोरा २२ वर्षीय विकास कार्की र भजनी– ५ का  ३० वर्षीय सुरेश विक छन्।

सुराकका आधारमा पुगेको प्रहरीले कार्कीको घरमा खानतलासी गर्दा १ थान पेस्तोल, त्यसका ११ राउन्ड गोली र १ थान म्यागजिन बरामद गरेको हो।

त्यस्तै नवीकरण नगरिएको एक थान हर्नेट बन्दुक, त्यसका गोली २२ राउन्ड, एक थान नल कटुवा पेस्तोल, एक थान भरूवा बन्दुकको काठ, एक डिब्बा छर्रा, भरूवा बन्दुकको घोडा एक थान, मयुरको प्वाँख, गुच्चा र तीन थान जरायोको सिङ थान बरामद भएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

 


ट्रेन्डिङ