धनगढी पोष्ट सोमबार, १६ भदौ २०८२   September 1, 2025

अछाममा ठेकेदार कुटिए

अछाममा ठेकेदार कुटिए

अछाम । अछाममा एक जना ठेकेदार कुटिएका छन ।  तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानका ३१ वर्षीय निर्माण व्यवसायी कर्णबहादुर बुढा मंगलसेन नगरपालिका–५ का वडाध्यक्ष झंकर भाटको समूहबाट कुटिएका हुन् । प्रहरीले वडाध्यक्ष भाट र कुटपिटमा संलग्न मदन विष्टलाई पक्राउ गरेको छ ।

बुढा गत असार २२ गते दिउँसो कुटिएका भएपनि असार ३० गते मात्र जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका थियो ।

जाहेरीपछि बुधवार वडाध्यक्ष सहित २ जनालाई फक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । कुटपिटमा संलग्न अन्य भने फरार भएका छन ।

वडाध्यक्ष भाटले लेनदेनको विवादका कारण नौ जनाको समूहमा आएर बुढामाथि कुटपिट गरेको प्रहरीले बताएको छ ।

अछामको सदरमुकाम मंगलसेनमा रहेको सनसाइन प्लाजा होटेलमा बुढामाथि भाटको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।