धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

महाकाली नदीको बिचमा अड्किएका पुरुषको उद्दार

महाकाली नदीको बिचमा अड्किएका पुरुषको उद्दार

धनगढी । दार्चुलास्थित महाकाली नदीको बिचमा अड्किएका एक पुरुषको उद्दार गरिएको छ । महाकाली नगरपालिका-४ खलंगास्थित महाकाली नदिको बीचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

बाँके जिल्लाको समशेरगञ्ज अमेलिया बस्ने ३५ वर्षीय विक्रम केसी नदिको बीच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको हो।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवराज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।


ट्रेन्डिङ