धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

वेहोस अवस्थामा भेटिएका पुरुषको निधन

वेहोस अवस्थामा भेटिएका पुरुषको निधन

धनगढी

 धनगढीमा वेहोस अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिउासो दुई बजेर ५० मिनेटमा धनगढी२ आदर्शटोलमा  अन्दाजी ४५ बर्षे पुरुष वेहोस अवस्थामा भेटिएका थिए ।

 स्थानीयले प्रहरीलाई जानकारी गराएपछि ती पुरुषलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा दिउँसो सवा तीन बजे मृत्यु भएको प्रहरी निरिक्षक हिक्मत थापाले बताए । मृतक परुषको सनाखत हुन बानँकी रहेकाले थप परिचय खुल्न नसकेको उनले बताए । शव सेती प्रादेशिक अस्पतालको लास घरमा राखिएको छ ।