धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली कारागारमा झडप : सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबीन समिति गठन

कैलाली कारागारमा झडप : सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबीन समिति गठन

कैलाली कारागारमा कैदीबन्दी बीच  भएको  झडपको छानबीन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबीन समिति गठन भएको छ । जिल्ला सुरक्षा समितिको शनिबार बिहान भएको बैठकले घटनाको अनुसन्धन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । 

कैलाली कारागारमा शुक्रवार रातिदेखि शुरु भएको झडपमा एक कैदी भरत चौधरीको मृत्यु भएको छ  भने ४७ जन घाइते भएका छन् ।

छानबीन समितिलाई दश दिनको समय दिइएको  । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहने ानबीन समितिको सदस्यमा  सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह र अनुसन्धान अधिकृत दिपेन्द्र सिंह रहेका छन् ।


ट्रेन्डिङ