एक महिना देखि अबरुद्ध बाजुराको सडक अझै खुलेन

एक महिना देखि अबरुद्ध बाजुराको सडक अझै खुलेन

धनगढी

  बाजुरा सदरमुकाम जोडने साँझे मार्तडी सडक एक महिना देखि अबरुद्ध रहेको छ । सडकका ठाउँ ठाउँमा पहिरो गएपछि असार अन्तीम देखि अबरुद्ध भएको सडक अझै खुल्न सकेको छैन ।

  लगातारको बर्षा सँगै आएको बाढि पहिरोले साँफे मार्तडी सडक खण्डको ताप्रिसेरा देखी तिपाडा सम्म ठाँउ ठाँउमा पहिरोले सडक अबरोध भएको छ । साँफे मार्तडी सडकको बल्दे देखी मार्तडी २२ भन्दा बढि ठाँउमा माथि र तल बाट पहिरो गएर सडक अबरोध भएको छ । एक महिना देखी सडक अबरोध भएपनि खुलाउन प्रयास भने कैतबाट हुन सकेको छैन् ।

  सडकको ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ । जिल्लालाई अन्य जिल्ला संग जोडने  एउटा मात्र  सडक एक महिना देखि बन्द भएपछि सदरमुकाम मार्तडी लगायत उत्तरी क्षेत्रमा चरम खाद्य संकट भएको छ ।

 पहिराले बुढिगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुने गरी बिगारेको छ । पानी आइरहेको छ, सडक त्यहि ठाँउमा ल्याउन निकै समस्या भएको छ बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने– ‘बैकल्पिक मार्गको खोजी भएपनि सडक बिभागले त्यो अहिले सम्भाबना नरहेको भनेपछि अर्को ठाँउबाट सडक खोल्न सकिएको छैन । ठुलो पहिरो गएको बुढीगंगा नगरपालिकाको अम्कोट क्षेत्रमा सामान्य हिडडुल गर्न समेत बाटो छैन्, सडक खोल्न निकै समस्या भएको बुढिगंगा नगरपालिका मेयर दिपक बिक्रम शाहले वताए । उनले भने–‘सामान्य बजेटले यो सडक खोल्न सम्भव छैन, पुरै सकड नै तहस नहस भएको छ, माथिल्लो तहबाट नै पहल हुनु पर्छ ।

 साँफे मार्तडी सडक खण्डको बडिमालिका नगरपालिकाको पानीनाउला, बल्दे, तिपाडा, लगायतका ठाउँमा सडकको माथि बाट पहिरो आएर पुरिएको छ भने तलबाट पहिरो गएर सडक भासिएको छ । दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको बाजुराका स्थानीय बताउँछन । गत बर्ष मात्र साँफे मार्तडी सडक ३ महिना  अबरुद्ध भएको थियो ।

 साँफे मार्तडी सडकको अधिकांस क्षेत्र बुढीगंगा नदिको किनारै किनार रहेकाले बढी जोखिम छ । हरेक बर्ष बर्षामा आउने पहिरो र बुढीगंगा नदिमा आउने बाढीले सडकलाई काटने गरेको छ । 

  बुढीगंगा नगरपालिकाका मेयर दीपकबिक्रम शाहले भने –‘बर्षातको त कुरै छोडौं, हिउँदमा समेत पानी पर्ने बित्तिकै सडक अबरुद्ध हुन्छ । उनले सडकको बिकल्पका बारेमा सोच्नुपर्ने आवश्यक रहेको बताए । सडक अबरुद्ध भएपछि बाजुराका उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीको चरम अभाव भएको छ मेयर शाहले भने –‘अबरोध भएको ठाँउ बाटै सडक खुलाउने खोजे दशै यता सडक खुल्ने अबस्था छैन ।