धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

चार दिनदेखि बेपत्ता आमा  छोरी सहित झुण्डिएको भेटिइन्

चार दिनदेखि छोरी सहित बेपत्ता कैलालीकी एक महिला छोरी सहित मृत अवस्थामा फेला परेकी छिन् ।

घोडाघोडी नगरपालिका ७ की २१ वर्षीया आरती कुमारी डगौरा आफ्नी र  १० महिनाकी छोरी सहित झुण्डिएको अवस्थाा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरी २९ साउनदेखि घरबाट बेपत्ता भएकी थिइन् ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले डगौरा छोरी सहित घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए ।

आमाछोरी एउटै रूखमा फरक फरक पासोमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए ।

साउन २९ गते बेपत्ता भएका उनीहरुको परिवारको आग्रहमा परिवारले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो ।

उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।