टप एण्ड टी- २० सिरिज : नेपालले मेलबर्न रेनेगार्ड्सलाई ३३ रनले हरायो

टप एण्ड टी- २० सिरिज : नेपालले मेलबर्न रेनेगार्ड्सलाई ३३ रनले हरायो

 

टप एण्ड टी- २० सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ।

नेपालले सिरिज अन्तर्गत आज आफनो पाँचौ खेल खेलेको थियो। बुधबार डार्विनको पाल्मेर्स्टोनमा काजालिस ऐरेनमो भएको खेलमा नेपालले  मेलबर्न  रेनेगार्ड्सलाई ३३ रनले हराएको  

नेपालले दिएको  १४० रनको  लक्ष्य पछाएको  मेलर्बनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन मात्र बनायो  

मेलर्बनका लागि अर्जुन नैरले सर्वाधिक २६ रन बनाए । जे  लेमियरले १८ रन बनाए। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिए। त्यस्तै,  शहाब आलम र रुपेश सिंहले १-१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ  रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । नेपालको लागि कुशल्ल मल्लले सर्वाधिक २९ रन बनाए।

मल्लले २९ रन बनाउने क्रममा १ चौका र १ छक्का समेत प्रहार गरे। त्यस्तै, नेपालका ओपनर  कुशल भुर्तेल १ रन  बनाउँदा भिम सार्कीले १९ रन बनाए । आरिफ शेख १२, दिपेन्द्र सिंह ऐरि २७, गुल्शन झा २ र लोकेश बम २४ रन बनाएर आउट भए। नन्दन यादव १ रन तथा रुपेश सिंह १६ रन बनाउँदै नटआउट रहे

मेलर्बनका लागि र्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले २-२ विकेट लिएका छन्।

नेपालले खेलेको पाँच वटा खेलमा तीनमा हार र दुईमा जित हासिल गरेको छ।