धनगढी पोष्ट बिहिबार, १९ भदौ २०८२   September 4, 2025

रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत फेला

धनगढी । अछाममा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका–६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक इश्वरी भण्डारीका अनुसार दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका बताए । द्धटना संकास्पद् भएका कारण प्रहरीले अनुसन्धान अघि बढाएको उनले बताए । तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झन्डै ५÷७ सय मिटरको दूरीमा रहेको वनकझ रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन भएका थिए । अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १६ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् । उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन् ।