धनगढी पोष्ट
बिहिबार, १९ भदौ २०८२ मा प्रकाशित
धनगढी । कैलालीको गोदावरी नगरपालिका स्थित चौकिडाँडा–फल्टुडे सडक ठेकेदारको लापर्वाहीका कारण ६ बर्ष सम्म पनि निर्माण नभएको भन्दै जनप्रतिनिध आन्दोलित भएका छन् । आान्दोलन स्वरुप गोदावरी नगरपालिकाका ४ वटा वडा कार्यालकको सेवा बिहीबार देखि सडकबाटै दिन थालिएको छ । सडक निर्माणका लागि दवाव दिन भन्दै ३, १०, ११ र १२ नम्बर वडा कार्यालयले बिहीबार देखि सडकमै बसेर संयुक्त सेवा दिन सुरु गरेका हुन् । वडाका जनप्रतिनिधिहरुले पटक पटक आवाज उठाउदा पनि सडक निर्माणमा ठेकेदारले चासो नदिएका कारण रचनात्मक दवाव दिन सडकबाटै सेवा दिने निर्णय गरेको वडा नम्बर–१२ का वडा अध्यक्ष भीमबहाहदुर खड्काले बताए ।
६ वर्ष अघि सम्झौता भएको सडक निर्माणको काम दुई वटा ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको वडा अध्यक्ष खड्का बताउँछन् । उनले थेगिङ र तेडी निर्माण सेवाले सम्झौताअनुसारको काम नगर्दा सडकको अवस्था लथालिङ्ग बनेको बताए । ‘सडक निर्माण गर्न धेरै पटक ठेकेदारको ध्यानाकर्षण गरेका थियौं,’ वडा अध्यक्ष खड्ककाले भने, ‘तर ठेकेदारले हाम्रो करै सन्दैनन्, अव सडकबाबटै सेवा दिएर नागरिक स्तरबाट पनि दवाव दिने हाम्रो उद्देश्य हो ।’
ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेपछि वडाबाटै दवाव दिने उद्देश्यले सडकमै वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए । ‘ठेकेदारको लापरबाहीले गर्दा सडक अहिले अलपत्र अवस्थामा छ, सडकको कुनै प्रगती भएको छैन’ उनले भने ‘सडकमा खाल्डा खुल्डीले गर्दा स्थानियहरुलाई आवतजावतमा समस्या भैरहेको छ, त्यसैले सडक निर्माणको लागि दबाव स्वरुप हामीले भोली बिहिबार देखी सडकमै वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरेका छौ ।
उनका अनुसार सो क्षेत्रमा रहेका वडा नम्बर–३, १०, ११ र १२ ले संयुक्त रुपमा सोही सडकखण्डमा रहेको चाक्लेखोलाबाट सेवा दन थालेका छन् ।
वडा नम्बर– ३ का वडाध्यक्ष तेजराज अवस्थीले सडक निर्माणका लागि पटक पटक सबै ठाउँमा धाउदा पनि पार नलागेपछि बाध्य भएर सडक निर्माणका लागि सडकमा आउनुपरेको बताए । उनले ठेकेदारलाई ताकेता गर्दा बिचमा एक पटक आएजस्तो गर्ने र फेरी भाग्ने गरेको बताए ।