धनगढी पोष्ट
शनिबार, २१ भदौ २०८२ मा प्रकाशित
डडेल्धुरा । डडेल्धुराको रंगुन खोलामा बगेर आलिताल गाउँपालिका–३ नवलपुरका ५४ वर्षीय ईश्वर बुढामगरको मृत्यु भएको हो ।
भदौ १८ गते बुधबार राति करिब २ बजे घरबाट निस्केका उनी हराएपछि परिवारले खोजी गरेको थियो । खोजीक्रममै शुक्रबार साँझ ५ बजे परशुराम नगरपालिका–१२ तुलाभाडीस्थित रङ्गुन खोलाको किनारमा उनको शव फेला परेको डडेल्धुरा प्रहरी निरीक्षक डम्मर विष्टले जानकारी दिए । परिवारका अनुसार बुढामगरको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । हाल शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।