धनगढी पोष्ट मङ्गलबार, २४ भदौ २०८२   September 9, 2025

धनगढीमा निषेधाज्ञा जारी

धनगढी ।  जेनजीको आन्दोलन बढेदै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले  धनगढीका निश्चित क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले आज (मंगलबार) दिउसो १२ः१० बजेखि अर्को आदेश जारी नभएसम्मका लागि धनगढीका निश्चित क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी लम्सालद्धारा प्रदेश प्रमुखको कार्यालय  निवास, मुख्यमन्त्रीको कार्यालय र निवास, जिल्ला प्रशासन कार्यालय क्षेत्र  बसपार्क, सबै प्रदेश मन्त्रालय र निवास, पुर्व प्रधानमन्त्री देउवाको निवास क्षेत्र, बिभिन्नसरकारी कार्यालयहरु, बिभिन्न राजनैतिक दलका पार्टी कार्यालय क्षेत्र, पुष्पलाल चौक, डिभोटी होटल क्षेत्रमा  निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाच जना भन्दा बढीको समुह बनाइ आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुशप्रदर्शन, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ ।