धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

२४ घण्टामा ३७ जनामा कारोना संक्रमण

नयाँ संक्रमित बढेसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ शय ८ पुगेको छ ।

धनगढी 

     कर्णाली प्रदेशमा २४ घण्टामा ३७ जनामा कोरोन संक्रमण देखिएको छ ।  नयाँ संक्रमित बढेसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७ शय ८ पुगेको छ ।

    सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप नया  संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्य दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका तीन जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । तिवारीका अनुसार दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, २, ३, ४ र ५ का २३ पुरुष र २ महिला रहेका छन् ।

     सुर्खेतको बराहाताल गाउँपालिका–४, का एक पुरुष, गुर्भाकोट नगरपालिका–१२ का दुई महिला १४ नम्बरका चार पुरुष र एक महिला रहेका छन् । सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन् ।

     त्यस्तै, जाजरकोट छेडागाड नगरपालिका–१२ का दुई पुरुष, शिवालय गाउँपालिका–१, का एक पुरुष रहेका छन् ।

 


ट्रेन्डिङ