धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८२ मा प्रकाशित
धनगढी । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएकै बेलमा जेनजी युवाहरुले सुदुरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आगन्तुवक छहारीमा आगजनीगरेका छन् । उनीहरुले मन्त्रालयका तीन मोटरसाइकल समेत जलाएका छन् ।
प्रशासनले निषेधाज्ञा तोकेको मन्त्रालयको क्षेत्रमा प्रवेश गरेर उनीहरुले मन्त्रालयको कार्यालयका अगाडी रहेको प्रतिक्षालयमा आगजनी गरेका हुन् । उनीहरुले मन्त्रालयमा रहेका तीन सरकारी मोटरसाइल बाहिर सडकमा ल्याएर आगजनी गरेका छन् ।
स्थानीय प्रशासनले निषेधाज्ञा तोकेको क्षेत्र भए पनि मन्त्रालयकाको क्षेत्रमा सुरक्षाकर्मीेको उपस्थिति थिएन ।