धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धादिङ कारागारका कैदी भाग्न खोज्दा सेनाले गोली चलायो, दुई जनाको मृत्यु

धादिङ कारागारका कैदी भाग्न खोज्दा सेनाले गोली चलायो, दुई जनाको मृत्यु

धनगढी । जिल्ला कारागार कार्यालय धादिङबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलाएको गोली लागेर दुई जना कैदीवन्दिको को मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङकै बेनिघाट रोराङ गाउँपालिका–४ का ७५ वर्षीय जितबहादुर घले र नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ का ३६ वर्षीय इन्द्रबहादुर डाला रहेका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार घटनामा सात जना घाइते भएका छन् । घाइतेहरू मानव बेचबिखन, जबरजस्तीकरणी र  लागुऔषध मुद्दामा जेल सजाय भोगिरहेका छन् । उनीहरूलाई बुधबार नै उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ सुवेदीले बताए ।


ट्रेन्डिङ