धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

जेनजीको आन्दोलनका क्रममा भागेका ९२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

जेनजीको आन्दोलनका क्रममा भागेका ९२ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनको मौका छोपेर कैलाली कारागारबाट भागेका ९२ जना कैदीबन्दी नियन्त्रणमा आएका छन् । कारागार प्रशासनकाअनुसार शनिबार साँझसम्म ९२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर कारागारको बन्दीगृहमा राखिएको छ ।

उनीहरू मध्ये ४८ जना आफैं प्रहरी र कारागार प्रशासनको सम्पर्कमा आएर फर्किएका हुन् भने ४४ जनालाई पक्राउ गरिएको थियो ।

उनीहरू मध्ये १३ जना महिला रहेका छन् । कारागारको बन्दीगृहमा फर्काइएका मध्ये लागुऔषध सम्बन्धि मुद्दाका मात्र ३३ जना रहेका छन् । २४ गतेको आन्दोलनका क्रममा कैलाली कारागारमा रहेका ६ सय ६६ जना कैदीबन्दी भागेका थिए ।

 

 


ट्रेन्डिङ