धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

क्यान कैलालीका पुर्व अध्यक्ष धामी  मृत अवस्थामा भेटिए

सोमबार साझ काम छ भनेर घरबाट  निस्किएका धामी त्यसपछि सम्पर्कमै आएका थिएनन् ।

क्यान कैलालीका पुर्व  अध्यक्ष धामी  मृत अवस्थामा भेटिए

कम्प्युटर एशोसिएसन  अफ नेपाल  (क्यान ) कैलालीका पुर्व  अध्यक्ष नरेश  सिंह धामी धनगढी उपमहानगरपालिका ४ शिवपुरीको जंगलमा मृत अवस्थामा फेला परेका छन् । तीन दिन अघिदेखि सम्पर्कविहीन भएका धामीको  आज (बुधवार ) दिउसो  शिवपुरीको जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अहिले बुझ्ने र आवश्यक प्रकृया अघि बढाउने काम गरिरहेको छ ।

धनगढीको मेनरोडमा रहेको एनसिसिए कम्प्युटरका संचालक  समेत रहेका धामी सोमबार साझदेखि सम्पर्क विहीन रहेका थिए । साझ घरबाट काम छ भनेर निस्किएका धामी त्यसपछि सम्पर्कमै आएका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धामीको बारेमा अनुसन्धान भैरहेको बताएको  छ ।