धनगढी पोष्ट
सोमबार, २४ कार्तिक २०८२ मा प्रकाशित
दार्चुला जिल्लामा आज (सोमबार ) दिउसो भूकम्प गएको छ । शैल्ययशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्पदिउँसो २.४३ मिनेटमा आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्पको क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।