धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको  ‘एसोसियट’  प्रायोजक

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको  ‘एसोसियट’  प्रायोजक

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको  ‘एसोसियट’ प्रायोजक बनेको छ । सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।

डाबर जस्तो कम्पनी टोलीसँग जोडिएकोमा हामी खुसी छौँ,’  खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ ।’ यता,  डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले यो साझेदारीलाई सुखद् अवसरको रूपमा लिएको बताए ।

उनले भने, ‘डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको  ‘एसोसियट’  पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले सर्वाधिक समर्थक भएको टोलीलाई नेपालको नम्बर एक टूथपेस्ट ब्रान्डसँग जोडेको छ।