धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

भन्सार छली ल्याइएका ४ लाख २ हजार मुल्यका सामान प्रहरीद्धारा बरामद

क्रैलाली, कन्चनपुर र डडेल्धुरा जिल्लामा भारतबाट भन्सार छलेर ल्याइएको  ४ लाख २ हजार मुल्यमा भारतबाटभन्सार छलेर ल्याइएका सामान प्रहरीले बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपािलकाबाट ६४ हजार, कन्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चादनी नगरपालिकाबाट ३ लाख ११ र डडेल्धुराको परशुराम नगरपालिकाबाट २७ हजारको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ मिलन चोक स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सुटपिस, स्विटर लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रण लिएको हो ।

त्यस्तै    कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका भासी, बसपार्क, गोबरिया र दोधारा चाँदनी नगरपालिकााके वडा नम्बर ८ शिब मन्दिर स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका चिनी, मिश्री, नल्काको समान, माछा, मोटरसाइकल थान ९१  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले  जनाएको छ ।

 यसैगरि, डडेल्धुराको परशुराम नगरपालिका  ३ शिर्षबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको बिडी इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।