धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

पिसिआर टेष्ट बढाउन काँग्रेसको ज्ञापन पत्र

पिसिआर परिक्षण बढाउनु पर्ने माग राख्दै नेपाली काँग्रेस गौरीगंगा नगर कमिटीले सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीलाई ज्ञापन पत्र बुझाएको छ ।

पिसिआर टेष्ट बढाउन काँग्रेसको ज्ञापन पत्र
सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीलाई ज्ञापनपत्र बुझाउादै नेपाली काँग्रेस गौरीगंगााको टोली

धनगढी

  पिसिआर परिक्षण बढाउनु पर्ने माग राख्दै नेपाली काँग्रेस गौरीगंगा नगर कमिटीले सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीलाई ज्ञापन पत्र बुझाएको नगर सभापति काँशीराम शर्माको नेतृत्वमा सामाजिक मन्त्री सुबेदीलाई बुझाएको ज्ञापन पत्रमा आरडिटी परिक्षण बिश्वसनिय नदेखिएको भन्दै चौतर्फि बिरोध भईरहेको अहिलेको परिवेशमा यसलाई रोकी तत्काल पिसिआर परिक्षण बढाउन माग गरिएको

   ज्ञापन पत्रमा क्वारेन्टाईनमा बसेकाहरुको उचित ब्यबस्थापन गरिनु पर्ने उनीहरुलाई घर पठाउँदा अनिवार्य परिक्षण गरेर पठाउनु पर्ने माग गरिएको क्वारेन्टाईनको ब्यबस्थापन राम्रो नहुँदा सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा रहेका क्वारेन्टाईनमै मानिसको मृत्यु भएको , यो राज्यको लापरवाही हो ज्ञापन पत्रमा भनिएको भारतबाट आएका नागरिकलाई टिपरमा राखेर ओसार पसार गर्नु पशु जस्तै ब्यबहार भन्दै यसलाई तत्काल रोक्न समेत ज्ञापन पत्रमा माग गरिएको

     ज्ञापन पत्र बुझाउने टोलीमा नगर सभापति शर्मासंगै नेपाली काँग्रेस जिल्ला सदस्य भोजबहादुर बम, राम बहादुर कलेल लगायतको सहभागिता रहेको थियो