अभियानता महिलालाई अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी जानकारी

दलित संगै गैर दलित समुदायको पनि प्रतिनिधित्व गरेर कार्यक्रम सञ्चालन गर्न सके फेडोको प्रयास थप प्रभावकारी हुन सक्ने सहभागिको अनुभव ।

अभियानता महिलालाई अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बन्धी जानकारी

धनगढी । स्थानीय स्तरका अगुवा महिला अभियानताका लागि अन्तराष्ट्रिय मानव अधिकार संयन्त्रबारे जानकारी दिन आयोजित एक दिने तालिम धनगढीमा सम्पन्न भएको छ ।

दलित महिला संघ फेडोले कैलालीका विभिन्न पालिकामा गठन गरेका अगुवा तथा अभियानताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको हो । ‘सामाजिक विकृति, जातीय विभेद, लैंगिक विभेद लगायतका सवालमा सहजिकरण गर्न हामीले कैलालीका विभिन्न पालिकामा सञ्जाल गठन गरेका छौं, फेडो कैलालीकी अध्यक्ष सविना सुनारले भनिने, ‘ती महिलालाई वेला–वेलामा विद्यमान कानूनी जानकारी गराउँदै आएको छौं, सोही अनुरुप आइतबार ३६ जनालाई मानव अधिकर सम्बनधी अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र सम्बनधी तालिम प्रदान गरेका हौं ।’ फेडोले कानूनी साक्षरता संगै सञ्जालमा आबद्ध महिला सदस्यलाई आर्थिक रुपमा पनि सक्षम बनाउन शिपमुल तालिम प्रदान गर्दै व्यवसायमा लाग्न अभिप्रेरित गर्ने गरेको सुनारले बताइन् । ‘महिला समुहमा कोष सञ्चालन गरेका छौं, उनले भनिन्, ‘सो कोषको रकम न्यून व्याजदरमा व्यवसाय गर्न ऋण दिने व्यवस्था गरिएको छ, फेडोले पनि घुम्तिकोष मार्फत व्यवसायमा आबद्ध महिलालाई आर्थिक सहयोग गर्दै आएको छ ।’

फेडोमा आबद्ध भएपछि सामाजिक कुरुति बिरुद्ध आवाज उठाउन सहज भएको तालिममा सहभागि धनगढी–१ की ममता विकले बताइन् । ‘घरेलु हिंसाका विरुद्ध आजाव उठाउन सक्ने भएका छौं, उनले भनिन्, ‘जातीय विभेद हुँदा कानूनी रुपमै बहस गर्न सक्ने भएका छौं, फेडोको अभियान अझै गाउँगाउँमा लागु गर्नसके धेरै विभेद अन्त्य हुन सक्छ ।’

गौरिगंगा नगरपालिका–३ की अभियानता आरती नेपालीले पनि फेडोका कारण महिला आर्थिक तथा समाजिक रुपमा सशक्त बनेको बताइन् । त्यस्तै कैलालीको गोदावरी नगरपालिकाकी अभियानता राजुदेवि विकले दलित संगै गैर दलित समुदायको पनि प्रतिनिधित्व गरेर कार्यक्रम सञ्चालन गर्न सके फेडोको प्रयास थप प्रभावकारी हुन सक्ने बताइन् । ‘फोडोको कार्यक्रम सञ्चालन गर्ने तरिका धेरै प्रभावकारी छ, बिकले भनिन्, ‘समुहमा आवद्ध महिला अहिले सचेत छन्, टोलटोलमा जनचेतना फैलाउन पनि सक्षम भएका छन्, आगामी दिनमा गैर दलित समुदायलाई पनि यो अभियानमा जोड्न सके यो अभियान थप प्रभावकारी बन्न सक्छ ।’

तालिममा राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका उप उविच झंकर रावलले सहजिकरण गरेका थिए । तालिममा मानव अधिकारको मान्य अवधारणाा र आधारभुत शिद्धान्त, मानवअधिकार सम्बनणधी राष्ट्रिय संयन्त्र बारे जानकाी गराएका थिए ।

यस्तै मानव अधिकारका अन्तर्राष्ट्रिय संयन्त्र, अन्तरास्ट्रिय आवधिक प्रतिवेदन (यूपिआर, सिड, सर्ड र वेईजिङ् प्लस) को अवधारणा र विद्यमान अवस्थाबारे सहभागिलाई प्रशिक्षत गराइएको फेडो कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले बताए । तालिममा धनगढी, गोदावरी, गौरिगंगा, बर्दगोरिया, लम्की र भजनीका ३६ जना अगुवा र अभियानता महिलाको सहभागिता रहेको थियो । फेडो कैलालीकी अध्यक्ष सविना सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।