धनगढी पोष्ट
सोमबार, ०१ मङि्सर २०८२ मा प्रकाशित
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज (सेमबार) शुरु हुदैछ ।
किर्तिपुरस्थित टियु मैदानमा हुने एनपीएलको दिउसो ४ बजे शुरु हुनेछ । आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाज खेल्दैछन् ।
यस सिजनको एनपीएलका अधिकांश खेल नवनिर्मित टियु क्रिकेट मैदानको फ्लडलाइटमा हुने छन् । यस पटक कुल ३२ खेल हुने छन् ।
दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । एनपीएलमा आठ फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछ् ।
जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् ।
एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ ।