धनगढी पोष्ट
सोमबार, ०१ मङि्सर २०८२ मा प्रकाशित
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटको जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उद्घाटन खेलमा जनकपुरलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।
जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो ।
प्रतियोगिताको दोस्रो दिन भोलि मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।