धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

सुदूरपश्चिद्वारा काठमाडौंसामु १४८ रनको लक्ष्य प्रस्तुत

सुदूरपश्चिद्वारा काठमाडौंसामु १४८ रनको लक्ष्य प्रस्तुत

धनगढी । काठमाडौं स्थित त्रिभुवन त्रिकेट मैदानमारी जारी नेपाल प्रिमियर लिग अन्तरगत अहिले सुदूरपश्चिम रोयलस् र काठमाडौं गोर्खाज विबरुद्ध खेल जारी छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको हो ।

कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा ५३ रन बनाए । बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट लिए । मध्यम लक्ष्य पाएको काठमाडौं जवाफि ब्याटिङ गरिरहेको छ ।