धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

मार्क वाटको शतकको मदतले लुम्बिनीमाथि कर्णाली याक्सको सहज जित

एनपीएल २ मा मार्क वाटको पहिलो शतकको मदतले शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई हराएको हो ।

मार्क वाटको शतकको मदतले लुम्बिनीमाथि कर्णाली याक्सको सहज जित

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सहज जित निकालेको छ । एनपीएल २ मा मार्क वाटको पहिलो शतकको मदतले शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई हराएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा मात्र एक विकेटको क्षतिमा पुरा गरेका थियो । कर्णालीका लागि वाटले ११४ रनको शतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गरे ।  मार्क वाटले ४१ बलमा नै शतक पुरा गरेका हुन् ।

पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो । लुम्बिनीले टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे ।

यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डीआकी शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एकरएक विकेट लिए ।