धनगढी पोष्ट
शनिबार, ०६ मङि्सर २०८२ मा प्रकाशित
काठमाडौं । विराटनगर किङ्सले काठमाण्डु गोर्खाजलाई ५ ले पराजित गरेको छ । काठमाण्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले ५ विकेट गुमाएर भेट्टायो ।
काठमाण्डुका लागि मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन र जोन सिम्फोन ७ रनमा नटआउट रहे । बेन चार्लेसवर्थ ३२, सन्तोष यादव २६, जेरार्ड एरासमसले १० रन बनाए ।
आकाश त्रिपाठी शून्यमा आउट हुँदा रिचार्डो भास्कोन्सेलस ३, प्रतिक श्रेष्ठ २ रनमा बनाए ।
विराटनगरका लागि मार्चेन्ट लेङेले २ विकेट लिँदा सुभम रन्जने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।
काठमाण्डुले दिएको १३५ रन पछ्याउने क्रममा विराटनगरका जर्ज मुन्से ३६, मार्टिन गुप्टिल २५, नरेन भट्ट २४, बसिर अहमद १९,लोकेश बमले १४ रन बनाए । यस्तै कप्तान सन्दीप लामिछाने र सुभम रन्जनेले क्रमश : ९ र ६ रन बनाए ।
काठमाण्डुका लागि साहव आलमले दुई विकेट लिँदा जेरार्ड एरास्मस, सन्तोष यादव र कप्तान करण केसीले समान एक एक विकेट लिए ।
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरको यो लगातार दोस्रो जित हो ।
विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।