धनगढी पोष्ट मङ्गलबार, ०१ पुष २०८२   December 16, 2025

नवज्योति कृषि सहकारीको १७ औं साधारण सभा सम्पन्न

नवज्योति कृषि सहकारीको १७ औं साधारण सभा सम्पन्न

धनगढी । नवज्योति कृषि सहकारी संस्था लिमिटेडको १७औँ साधारण सभा शनिबार धनगढीमा सम्पन्न भएको छ ।

बैकिङ सेवाको पहुचमा पुग्न नसकेका  समुदायको आर्थिक कृयाकलापमा सहयोग गर्ने उदेश्यले धनगढी ७ देवहरियामा स्थापित नवज्योतिका हाल  १३ सय ३८ जाने शेयर सदस्य रहेका छन् ।

सहकारीका अध्यक्ष मेघनाथ रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १७ करोड २७ लाख ९१ हजार ४४० रुपैया निक्षेप संकलन भएको बताए । संहकारीको चुक्ता शेयर पूँजी १ करोड ५२ लाख ४४ हजार ३ सय, जगेडा कोष १ करोड १५ लाख ९ हजार ५७२, लगानी ११ करोड ५९ लाख ९५ हजार २५७ रुपैयाँ रहेको बताए ।

कार्यक्रममा  २० करोड ६९ लाख ५१ हजार ७३२ रुपैयाँको लेखा परिक्षण प्रतिवेदन संस्थाका व्यवस्थापक उग्रसेन रानाले प्रस्तुत गरेका थिए ।

त्यस्तै  २४ करोड ६५ लाख ५९ हजार ४९४ रुपैयाँको अनुमानित बजेट ऋण अधिकृत पृथ्वी रानाले प्रस्तुत गरेका थिए । कर्जा तथा निक्षेपमा थपघट सम्बन्धी प्रतिवेदन ऋण समितिका  सदस्य जगतराम रानाले प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम प्रदेशको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सस्थाका  सल्लाहकार सदस्य  डा. जीवन रानाले प्रदेशका  नौ विधा मध्य कृषि क्षेत्र प्रमुख रहेको बताउँदै  कुन  क्षेत्रमा कुन  कृषि गर्ने हो, योजनाबद्ध रुपमा आएमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

धनगढी  वडा नम्बर ७ का पुर्व वडाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष सिताराम रानाले  संस्था  काुनन  र नीति भित्र रहेर गतिविधि संचालन गरेका कारण निर्धक्क रुपमा  शेयर सदस्य बन्न सक्ने अवस्था रहेको बताए ।

धनगढी–१७ का  वडाध्यक्ष तथा निवर्तमान उपसमिती सदस्य माधवराज रानाले संस्थाले कुनै पनिे प्रयोजनको लागि लिएको ऋणको ब्याज समयमै तिरेमा सहकारीलाई सहज हुने बताए ।

कार्यक्रममा  शेयर सदस्यहरु  अनन्तराम चौधरी, कौशिल्या राना, चनकलाल चौधरीले कृषकहलाई समयमै मलखाल र विउ उपलब्ध  गराउन आग्रह गरे ।

साधारण सभामा संस्थाके निवर्तमान अध्यक्ष सिताराम राना, निवर्तमान सदस्य चनकलाल चौधरी, निवर्तमान सल्लाहकार सदस्य बालसुग्रीव राना, उपसमितीका निवर्तमान सदस्य नरेश राना, कोशी प्रदेश लोक सेवा आयोगमा सहायक लेखापाल ५औँ तहमा उत्तीर्ण संस्थापक कोषाध्यक्ष बिन्द्रा राना, जेष्ठ नागरिक साहेव राना, मन्सा राना, असल ऋणी भगवानदिन राना र पानमती रानालाई सम्मानित गरिएको छ ।

कार्यक्रम सञ्चालन सचिव मनोज विक्रम चौधरीले  र  स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिराराम रानाले व्यक्त गरेका थिए ।