]महेन्द्रनगर । जिल्ला कारागार कन्चनपुरमा सञ्चालित योग शिविर मंगलबार कारागारमा सम्पन्न भएको छ । कारागार प्रशासनको आयोजना र पतञ्जली योग समिति कन्चनपुर केन्द्र नम्बर २५ कारागारको पहलमा पाँच दिनसम्म सञ्चालित योग शिविरमा कारागाकार कैदी बन्दीहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा पतञ्जली योग समितिका नेपाल प्रभारी लवदेव मिश्रले योग भौतिक, मानसिक र स्वास्थ्यका हिसाबले पनि उपयोगी रहेकोले सबैका लागि आवश्यक रहेको बताए ।
‘तपाईहरु जीवनको एक हिस्सा कारागारमा बिताइरहनु भएको छ । कारागारको बसाई जीवनकै लागि उपयोगी समयको रुपमा पनि उपयोग गर्न सक्नु हुन्छ ।’ योग प्रभारी मिश्रले भने ‘कारागारभित्रै दैनिक योग गरेर क्षेत्र सन्यासीको रुपमा आफुलाई लिन सक्नु हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख प्रहरी उपरिक्षक खडक बहादुर खत्रीले आफु यसअघि पटक पटक योग शिविरमा सहभागी भएको बताउँदै योग सबैका लागि आवश्यक रहेको बताए ।
कारागारको सुरक्षा र सुविधा सुधार गर्न आफु अग्रसर रहेको प्रहरी उपरिक्षक खत्रीले बताए ।
कारागार प्रमुख बन्दना सुवेदीको अध्यक्षतामा भएको समापन कार्यक्रममा किरण सिंहले स्वागत गरेका थिए । कार्यक्रमको संचालन दिपक ठकुराठीले गरेका थिए ।
मंसिर १९ गतेदेखि पँचा दिन सँचालित योग शिविरमा कारागारका कैदी बन्दी पुरुषहरुको सहभागिता रहेको थियो ।