धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

धनगढी उपमहानगरपालिकाद्धारा जुठे दमाई छात्रवृत्ति वितरण शुरु

धनगढी उपमहानगरपालिकाद्धारा जुठे दमाई छात्रवृत्ति वितरण शुरु

धनगढीः  धनगढी उपमहानगरपालिकाले जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको छ। आइतवारदेखि उपमहानरपालिकाले वार्षिक निति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२/०८३ को जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको हो।

धनगढी- १६ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई  आज धनगढी -१६ रामपुरमा रहेको श्री शिव माध्यमिक विद्यालयबाट शैक्षिक सामाग्री वितरण प्रारम्भ भएको छ । नगर उप-प्रमुख कन्दकला राना, प्रमुख प्रशासकीय कार्यकारी अधिकृत नरेन्द्र खाती, डिभिजनल इन्जिनियर दिज राज भट्ट, वडा न. १६ का अध्यक्ष रामलाल चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट जुठे दमाई छात्रवृत्ति  वितरण गरिएको छ । उक्त कार्यक्रममा नगरप्रमुख गोपाल हमालको समेत उपस्थिति रहेको थियो।  छात्रवृत्ति वितरण कार्यक्रममा जुठे दमाई छात्रवृत्ति अन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई शैक्षिक सामग्री प्रदान गरिने उपमहानरपालिकाले जनाएको छ।

यो वर्ष जुठे दमाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्रालाई शैक्षिक सामग्री वितरण गरिने शिक्षा माहाशाखा प्रमुख घुम्मनसिंह बडायकले जानकारी दिए। उनीहरूलाई झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने छ।