कञ्चनपुरमा क्वारेन्टिन बसेकी महिलाको करेण्टलागेर मृत्यु

कञ्चनपुरमा क्वारेन्टिन बसेकी महिलाको करेण्टलागेर मृत्यु

धनगढी

 भारतबाट आएर क्वारेन्टिनमा बसेकी महिलाको कञ्चनपुरमा करेन्ट लागेर मृत्यु भएको छ ।

 कञ्चनपुरको कृष्णपुर नगरपालिका६ महाकाली माध्यमिक विद्यालयमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागरे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ती महिलालाई नुहाउने क्रममा करेन्ट लागेको थियो ।

 करेण्ट लागेर घाइते भएकी वडको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक धामीले बताए । ती महिला मंगलबार मात्रै भारतको बैङलोरबाट श्रीमानसँगै कञ्चनपुर फर्केर क्वारेन्टिनमा बसेकी थिइन् ।