धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

कारागारमा मारिएका चौधरी परिवारलाई ५ लाख दिने प्रदेश सरकारको निर्णय

कारागारमा मारिएका चौधरी परिवारलाई ५ लाख दिने प्रदेश सरकारको निर्णय

धनगढी । गत साउन २५ गते कैलाली कारागारमा भएको हिंसात्मक झडपमा परी ज्यान गुमाएका धनगढी–४ का भरत चौधरी परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आइतबार मुख्यमनन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको मन्त्री परिषदको बैठकले मृतक चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो । बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको छ । प्रदेश सरकारले प्रत्येक वर्ष करिब २ सय किलोमिटर कालोपत्रे सडक निर्माण गर्दै आएको छ । बैठकले सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । साथै, सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ ।