धनगढी पोष्ट मङ्गलबार, ०६ माघ २०८२   January 20, 2026

निसर्ग हस्पिटल र किसान सहकारीबीच सम्झौता : किसानका शेयर सदस्यले उपचारमा छुट पाउने

निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र  किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका महाप्रवन्धक डम्बर बहादुर शाहले मंगलबार उपचारमा छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

निसर्ग हस्पिटल र किसान सहकारीबीच सम्झौता :  किसानका शेयर सदस्यले उपचारमा छुट पाउने

धनगढी । सुदुरपश्चिममा सबै भन्दा बढी शेयर सदस्य रहेको किसान बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारमा छुट पाउने भएका छन् । नसर्ग हस्पिटल र  किसान सहकारीबीच मंगलबार सम्झौता भएपछि शेयर सदस्यको परिचयपत्रका आधारमा किसानका शेयर  सदस्यहरुले निसर्ग हस्पिटलमा उपचारमा छुट पाउने भएका हुन् ।

निसर्ग हस्पिटलका कार्यकारी अध्यक्ष तीर्थराज पन्त र  किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका महाप्रवन्धक डम्बर बहादुर शाहले मंगलबार उपचारमा छुट सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

निसर्ग हस्पिटल धनगढी स्थित निजी क्षेत्रबाट संचालित सुदुरपश्चिममै स्तरिय स्वास्थ्य सेवा दिइरहेको संस्था हो ।  २०५२ सालमा स्थापनामा भएको कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान सहकारी सुदुरपश्चिमका नौ वटै जिल्लामा  सेवा केन्द्र रहेको र ९३ हजार भन्दा बढी शेयर सदस्य रहेको सहकारी हो ।  सामाजिक सेवा अन्तर्गत निसर्ग र किसान सहकारीले स्वास्थ्य उपचारमा छुटको सम्झौता गरेका हुन् ।

किसान सहकारीका दिपक ढुङ्गानाका अनुसार शेयर सदस्यले जर्नल बेड हस्पिटल भर्नामा १५ प्रतिशतक्याविन भर्नामा १० प्रतिशत आईसियु वेडमा १२.५ प्रतिशत, एनआईसियु वेड १२.५ प्रतिशत छुट हुनेछ । त्यस्तै, जर्नरल, सर्जरी अर्थाेपेडिक गाइनोलोजीमा १० प्रतिशत, ल्याप्रोसकोपी अप्रेशनमा १० प्रतिशत, पेथोलोजी टेस्ट २०, भिडियो एक्सरे, एक्सरे, ईसिजी ईसिएचओ, टिएमटी ईन्डोस्कोपीमा १० र मेडिसिनमा ५ प्रशिशत छुट पाउनेछन् ।

दोस्रो पक्षले आफ्ना बिरामी शेयर सदस्यलाई पहिलो पक्ष समक्ष उपचारको लागि पठाउने र यसरी उपचारका लागि आउने बिरामी संस्थाको शेयर सदस्य रहेको हुनुपर्ने सम्झौतामा उल्लेख छ ।

सो अवसरमा किसान सहकारीका महाप्रवन्धक शाहले सहकारीले शेयर सदस्यहरुलाइृ जन्मदेखि मृत्युसम्मका सेवा दिइरहेको बताउँदै उपचारमा पनि सहजता ल्याउन निसर्गसँग सम्झौता गरिएको बताए ।