धनगढी पोष्ट बिहिबार, ०८ माघ २०८२   January 22, 2026

३४ औं वार्षिकोत्सव मनाउदै बिद्यार्थी केन्द्रित शिक्षणमा अब्ब्ल स्टेपिङ्ग  स्टोन

३४ औं वार्षिकोत्सव मनाउदै बिद्यार्थी केन्द्रित शिक्षणमा अब्ब्ल स्टेपिङ्ग  स्टोन

धनगढी ।  स्तरिय शिक्षा सेवा प्रदान गर्दै आएको सुदुरपश्चिमकै निजी क्षेत्रको  अग्रणी शिक्षण  संस्था स्टेपिङ्ग  स्टोन इङ्गलिश स्कुल आप्mनो ३४ औं वार्षिकोत्सव मनाउँदैछ । प्रजातन्त्र स्थापनाको २ बर्षपछि २०४८ मा स्थापना भएको स्टेपिङ्ग  स्टोन विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाउँदैछ ।

प्रविधि केन्द्रित र गुणस्तरिय शिक्षा प्रदान गर्दै ३४ बर्ष पुग्न लागेको अवसरलाई उत्सवका रुपमा वार्षिकोत्सव मनाउन गइरहेको स्टेपिङ्ग  स्टोन इङ्गलिश स्कुलका संस्थापक प्रिन्सिपल रामजी हमालले बताए । “सुदुरपश्चिममा गुणस्तरिय  शिक्षा प्रदान गर्दै आएको ३४ औं बर्षलाई उत्सवका रुपमा मनाउँदैछौं ।”  बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलमा हमालले भने  “यस अवसरमा बिद्यार्थीहरुलाई पनि सामाजिक काममा जोडेर लैजाने कामको पनि शुरुआत गर्दैछौं ।”

स्टेपिङ्ग  स्टोन स्कुलले बिद्यार्थीहरुलाई आफनो टोल  र समाजमा  सुगर, ब्लड प्रेसर  परिक्षण गरेर स्वास्थ्य सचेतना बढाउने काममा लगाउने भएको छ । अहिले बिद्यार्थीहरुलाई बिद्यालयमा नै यसबारेमा सिकाउने काम भैरहेको छ । हमालले भने “अब चाँडै  बिद्यार्थीहरु समाजमा सुगर, प्रेसर सहितका  स्वास्थ्य समस्याका बारेमा  सचेतना गराउनेछन्यसका लागि उनीहरु  अहिले सिकिरहेका छन् ।”

स्टेपिङ्ग  स्टोनले अहिलेसम्म छ पटक  राष्टिय स्तरमा नै उत्कृष्ठ बिद्यालयको सम्मान पाइसकेको छ, ४ पटक क्षेत्रीय शिल्ड जितेको छ । बिद्यार्थी संख्या र प्रवेशिका परिक्षाको नतिजाका आधारमा उत्कृष्टत पाएको स्टेपिङ्ग  स्टोनका बिद्यार्थीहरु अहिले देश बिदेशमा सफल भएका छन् ।

स्टेपिङ्ग  स्टोनले  प्रविधिमैत्री शिक्षामा जोड दिएको छस्मार्ट बोर्ड मार्फत अध्यापन गराउने र बिद्यार्थीहरुलाई पनि स्मार्ट बोर्डमा अभ्यास गर्ने सीप बिकास गरेको छ । बिद्यार्थीको सहजताका लागि   भारतको  दिल्लीमा केजरीवालले  शुरु गरेका आरामदायी डेस्क बेन्च  राखेको छ । खानेपानीको स्वच्छतामा पनि जोड दिएको छ । ती  डेस्क बेन्च  ल्याएपछि कक्षामा बिद्यार्थीको संख्या पहिले भन्दा कम  अट्ने भए पनि बिद्यार्थीको सहजता र गुणस्तरियताको लागि आफुहरुले बिद्यार्थीको सुविधामा जोड दिएको हमालले बताए ।

हामीले स्टेपिङ्ग  स्टोनको स्थापना गरेर शिक्षामा नयाँ दौड ल्यायौं ।” हमालले भने  “अझै बढी स्तरियता कायम गर्न, बिद्यार्थीलाई सामाजिक बनाउन अझै बढी प्रयास गर्दैछौं ।”