सहकारी सहकार्यबाट चल्दछ, सहकार्य भन्नाले एक आपसमा मिलेर गरिने कामलाई जनाउँछ | "एकका लागी सबै र सबैका लागी एक"भन्ने सिद्वान्तबाट प्रेरित भई व्यक्ति, परिवार,समाज र समग्र राष्ट्रको आर्थिक नीति तथा सामाजिक समुन्नतिको लागी गरिने प्रयास नै सहकारी हो | नेपालको संविधानले अर्थतन्त्रको खम्बाको रुपमा सार्बजनिक, निजि र सहकारी क्षेत्रलाई उल्लेख गरेको छ | अर्थतन्त्रको प्रमुख संबाहक मानिएको यस क्षेत्रले ठुलो जनसंख्यालाई रोजगारी आर्थिक सुबिधालाइ लाभ देखाउने मार्गको रुपमा लिएको छ | नेपालमा अनौपाचारिक रुपमा बि.सं. २००७ सालभन्दा अगाडी पनि सहकारी संग मिल्दाजुन्दा कामहरु हाम्रा बिभिन्न समुदायमा बस्ने मानिसहरुमा सानो अंश भएपनि पैसा, अनाज उठाउने र कम्जोर बर्गलाई सहयोग गर्ने जस्ता कामहरु भएको पाइन्छ | नेपालमा प्रजातन्त्र आइसकेपछि बि.सं २०१० सालमा कृषि मन्त्रालय अन्गर्गत सहकारी विभागको स्थापना भयो | बि.सं २०१३ मा चितवनको बखनपुरमा पहिलो सहकारी कृषि सहकारी स्थापना भएको पाइन्छ | यस सहकारीका जन्मदाता बखान सिह गुरुंगलाई लिने गरिन्छ |
नेपालमा औपचारिक किसिमले बि.सं. २०१६ साल पहिलो सहाकारी संस्था ऐन पारित भइ, लागु भएपछी कानूनी रुपमा सहकारीका पाइलाहरु अगाडी बढेको पाइन्छ | बि.सं २०१७ मा सहकारी नियमावली तर्जुमा, सहकारी बिकास कोषको स्थापना | बि.सं २०१८ मा सहकारी तालिमको स्थापना, सहकारी विभागलाई तत्कालिन पंचायत मन्त्रालयमा सारिएको र सहकारी बैकको स्थापान भएको पाइन्छ | नेपालमा सहकारीको अवस्थालाई नियालेर हेर्दा बिडम्बनाको कुरा भन्नु पर्छ बि.सं. (२०१७ -२०४६ ) लगभग ३० बर्षको अवधिमा सहकारी संग सम्बन्धित केहि काम त भएका छन तर सहकारीलाई दुर्त रुपमा अगाडी बढाउनका लागी आबश्यक नीति, नियम कानून बनाइ अघि बढेको पाइदैन | नेपालमा प्रजातन्त्रको पुन:स्थापाना २०४८ पछी देशका बिभिन्न ठाउमा सहकारीहरु स्थापना हुनुका साथै सदस्यहरु बढेर कारोबार पनि पढाएको पाइन्छ | बि.सं. २०७२ को संबिधान जारी भएपछी नेपाल सरकारले ३ खम्बे नीति अबलम्बन गरी (सरकारी, निजी र सहाकारी) लाइ महत्वपूर्ण खम्बाको रुपमा लिएको पाइन्छ |
सहकारी स्थापनाका संबैधानिक आधार :
स्थानीय सरकार संघ सरकार र प्रदेश सरकार भन्दा नजिकको नियामक र सहयोगी सरकार हो | स्थानीय सरकार मार्फत सहकारीको दर्ता अनुमति दिने,अनुगमन र नियमन गर्ने,नीति तथा कानुन कार्यान्वयन गर्नेका साथै क्षमता बिकासका काम पनि अगाडी बढाउँछ | सुदुरपश्चिम प्रदेशका सबै नगरपालिका/गाउँपालिकामा रहेका प्रत्येक वडामा न्युनतम १ सह्कारीदेखी ८/१० वटा सहकारीहरु रहेका छन | सहकारी विभागका अनुसार सुदुरपश्चिम प्रदेशमा लगभग २८०० जति सहकारी संस्था रहेको पाइन्छ | समयनुसार नयाँ दर्ता, खारेजी तथा मर्जका कारण संख्या केहि तलामाथी पर्न सक्ने देखिन्छ |
सहकारी बिकास सरकारका ३ वटै तह (संघ, प्रदेश र स्थानीय ) बिचको साझा कार्य भएकोले संघिय निकायहरुले प्रदेश र स्थानीय सरकारका सहकारी निकायहरुलाई आबश्यक नियामक प्रबद्वानत्मक प्रशिक्षण वा शैक्षिक सेवाहरु समन्वयात्मक रुपमा हस्तान्तरण गर्ने भूमिका खेलेर स्थानीय स्तरमा रहेका सहकारीहरूलाई मजबुत, ब्यबस्थित र संगठित रुपले बलियो बनाउनु पर्ने देखिन्छ | सहकारीका सदस्यहरुलाई जागरुक र उधमशिल बनाउन राज्य र सहकारी अभियान दुबैले महत्वका साथ् हेर्नुपर्दछ | सहकारी संस्थाहरुलाई ब्यबसाय गर्न लगानीको वातावरण तिनै तहका सरकारले गर्नुपर्दछ |सहकारीसँग सबै सरोकारवालाले सह्कारीताप्रती बिश्वासको वातावरण सिर्जना गर्दै यस क्षेत्रमा प्राप्त उपलब्धिको संबर्धन तथा सहकारी आन्दोलनको स्वस्थ्य प्रतिष्पर्धा र विकासलाई प्रोत्साहन गर्नु नै आजको आबश्यकता रहेको छ |