धनगढी पोष्ट मङ्गलबार, ०१ बैशाख २०८३   April 14, 2026

कक्षा ८ को उत्कृष्ट नतिजा ल्याउने बिद्यालयहरु धनगढी उपमहानगरपालिकाद्धारा सम्मानित

उपमहानगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने सामुदायिक १० र संस्थागत १५ गरि २५ बिद्यालयलाई सम्मानित गरेको छ ।

कक्षा ८ को उत्कृष्ट नतिजा ल्याउने बिद्यालयहरु धनगढी उपमहानगरपालिकाद्धारा सम्मानित

धनगढी ।  २०८२ को आधारभुत तह (कक्षा ८ ) को परिक्षामा उत्कृष्टि नतिजा ल्याउने बिद्यालयहरुलाई सोमबार सम्मानित गरेको छ । उपमहानगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने सामुदायिक १० र संस्थागत १५ गरि २५ बिद्यालयलाई सम्मानित गरेको छ ।

देशको लागि उत्कृष्ट जनशक्ति तयार पार्न शिक्षा राम्रो हुनु पर्ने बताउँदै धनगढीमा नगरप्रमुख गोपाल हमालले बिद्यालयहरुले दुई बर्षमै गरेको उत्कृष्ट कामको सम्मान गरिएको बताए ।

शैक्षिक शत्र २०७९ र २०८० मा कक्षा ८ को परिक्षामा नतिजा निकै कमजोर रहेको थियो ।   तर उपमहानगरपालिका र बिद्यालयहरुको प्रयासमा २०८१ देखि नतिजा सुधार भएपछि राम्रो नतिजा निकाल्ने बिद्यालयहरुलाई धनगढी उपमहानगरपालिकाले सम्मानित गर्न थालेको हो ।

नगर प्रमुख गोपाल हमालको उपस्थितिमा उपप्रमुख कन्दकला कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र उपसचिव नरेन्द्रबहादुर खातीले प्रधानाध्यापकहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेका हुन् ।

कक्षा ८ को परीक्षामा राम्रो नतिजा ल्याउने विद्यालयहरूलाई उपप्रमुख कन्दकला कुमारी रानाले बधाई दिएकी छन् । उनले गुणस्तरीय शिक्षाका लागि उपमहानगरपालिकाले गरेको प्रयाससँगै शिक्षक, विद्यार्थी र अभिभावकले गरेको मेहनत नतिजामा देखा परेको बताइन् ।

सो अवसरमा शारदा माध्यमकि बिद्यालय बैयाबेहडीका प्रधानाध्यापक तेज बहादुर सिंहले शिक्षा एकै पटकको प्रयासले सुधार हुन नसक्ने भन्दै निरनतर प्रयास जारी राख्नु पर्ने बताए । धनगढी उपमहानगरपालिकाले थालेको  विद्यालय सुधारको कार्यक्रम निरन्तर हुनु पर्ने प्रधानाध्यापक सिंहले बताए ।

 गुरुकुल एकेडमीकी पिन्सिपल सुनिता स्वार सुरीले बिगतमा  संस्थागत बिद्यालयहरुको बारेमा सरकारी निकायहरुले छलफल नै गर्न नचाहेको स्मरण गर्दै अहिले स्थानीय सरकारले सम्मान गर्दा   गर्वको अनुभुति भएको बताइन् ।

सम्मानित हुने संस्थागत विद्यालयहरु

सम्मानित हुने संस्थागत विद्यालयहरु